केटीएमले भारतीय बजारमा दुई नयाँ एड्भेन्चर बाइक ल्याउने भएको छ । यसको कम्पनीले आधिकारीक घोषणा भने गरेको छैन । कम्पनीले नेकेड रोडस्टर ७९० ड्यूक र ३९० एड्भेन्चर बाइकलाई यस वर्ष भारतीय बजारमा उतार्ने अनुमान गरिएको छ ।
ड्यूक ३९० एड्भेन्चर बाइक ७९० भन्दा पहिला भारतीय बजारमा आउने छ । कम्पनीले आगामी महिना एड्भेन्चर ७९० अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
कम्पनीले एड्भेन्चर ७९० बाइकमा ७९९ सीसी, एलसी८सी, प्यारलल् ट्वीन इन्जिन दिएको छ । उक्त इन्जिनले ९५ बीएचपी पावर जेनेरेट गर्छ । साथै, यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिएको छ ।
कुन आउला नेपाल ?
नेपाली बजारमा केटीएमले ल्याउने तयारी गरेको मोडल हो १२५ ड्यूक । कम्पनीले सकभर अप्रिल अन्तिमसम्ममा यो बाइकलाई नेपाली बजारमा उतार्ने तयारी गरिरहेको बुझिएको छ ।
भारतीय बजारमा चार महिना अगाडि सार्वजनिक भएको १२५ ड्यूकले निकै राम्रो व्यापार गरिरहेको छ । यस्तोमा केटीएमको नेपालको लागि आधिकारीक बिक्रेता एचएच बजाजले १२५ ड्यूक नेपाली ल्याउने अनुमान गर्न सकिन्छ ।
भारतीय बजारमा सार्वजनिक हुने तयारीमा रहेका दुई मोडल अहिल्यै नेपाली बजारमा आउँछ वा आउँदैन अनुमान लगाउन कठिन छ ।


