पहिलेकै मूल्यमा नयाँ ग्रफिकसहित आयो पल्सर एनएस सिरिज

काठमाडौं । बजाजले केही दिनअघि भारतमा सार्वजनिक गरेको नयाँ ग्रफिक्स सहितको नयाँ मोटरसाइकल नेपाल आएको छ । एनएस सिरिजमा विक्री हुने दुबै मोडल नयाँ कलरमा नेपाल आएको हो ।

नेपालमा चलिरहेको निषेधाज्ञा कै बीच हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले एनएसको नयाँ कलर भेरियन्ट नेपाल भित्र्याएको छ । निषेधाज्ञा सकिए पश्चात् एनएस १६० र एनएस २०० नयाँ कलरमा विक्री सुरु गर्ने कम्पनीले जनाएको छ । नयाँ कलरमा आएको मोटरसाइकलको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।

बजाज पल्सर एनएस सिरिजमा कलर बाहेक अन्य कुनै परिर्वतन भने गरिएको छैन । एनएस २०० ब्रन्ट रेड, मेटालीक पर्ल ह्वाइट, पिटर ग्रे र सटिन ब्लु गरि ४ कलरमा उपलब्ध रहेको छ । त्यस्तै एनएस १६० ब्रन्ड रेड र पर्ल ह्वाइटगरि दुई कलर मात्र उपलब्ध छ ।

एनएस सिरिजमा थ्रीडी लोगो प्रयोग गरिएको छ । त्यस्तै मोटरसाइकलको कलर अनुसारको ह्वीलको रिममा समेत कलर प्रयोग गरिएको छ । त्यस्तै इन्जिन कौलमा समेत ग्राफिकको प्रयोग गरिएको छ ।

बजाज पल्सर एनएस २०० एबीएस र एफआई इन्जिन सहितको मूल्य ३ लाख ७८ हजार ९००, र कार्बुरेटर इन्जिन र एबीएस भएको एनएस २०० को ३ लाख ५२ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै एनएस १६० को मूल्य ३ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ । यसमा पनि एबीएस उपलब्ध रहेको छ ।


Back_to_top