‘पावर र पर्फमेन्स’ले सर्वाधिक सफल दुई मोटरसाइकल, मूल्य ४ लाखभन्दा कम

काठमाडौं । पावर र पर्फमेन्सको कारण नेपालमा सर्वाधिक सफल मोडल बजाज पल्सर २२० एफ हो । सेमी फियर्ड डिजाइनमा उपलब्ध पल्सर २२० एफ नेपालमा सबैभन्दा धेरै विक्री हुने २०० सीसीभन्दा माथिको मोटरसाइकल पनि हो ।

बजाज कम मूल्यमा मस्कुलर डिजाइन भएको मोटरसाइकल उत्पादनमा अग्रणी कम्पनी बनिसकेको छ । भारतमा केटीएम, हस्कभर्ना जस्ता ब्राण्डमा संयुक्त लगानी गरेको बजाजले पल्सर सिरिजमा पनि केटीएमको पावर प्रेरित रहेर तयार गर्दै आएको छ ।

नेकेड डिजाइनमा आएको पल्सर एनएस २०० पनि नेपालमा धेरै विक्री हुने ठूलो सीसीको मोटरसाइकलमा पर्छ । निकै पावरफुल इन्जिन, ‘इन्स्ट्यान्ट पीकअप’ र मस्कुलर स्पोर्टी बडी डिजाइनको कारण पल्सर एनएस २०० नेपालमा सफल भएको मोडल हो ।

नेपाल प्रबेश गरेको करिब २० वर्ष पुरा भएको बजाज अहिले अग्रणी मोटरसाइकल विक्री गर्ने कम्पनी भएको छ । पहाडी र कच्ची बाटोमा समेत उच्च पर्फमेन्स दिन सक्ने भएकै कारण २२० एफको प्रयोग हरेक स्थानमा हुने गरेको पाइन्छ ।

 

बजाज पल्सर २२० एफमा २२० सीसी क्षमताको ४ स्टोक, आयल कूल्ड ट्वीन स्पार्क इन्जिन दिइएको छ । उक्त इनिजनले ८५०० आरपीएममा २०.९३ पीएस पावर र ७००० आरपीएममा १८.५५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

बजाज पल्सर एनएस २०० मा १९९.५ सीसी क्षमताको सिंगल सिलिण्डर, ४ स्टोक, एसओएचसी ४ भल्भ, लिक्विड कूल्ड, ट्रिपल स्पार्क इन्जिन दिइएको छ । उक्त इन्जिनले ९५०० आरपीएममा २३ पीएस पावर र ८००० आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा भने ६ स्पीड गियरबक्स दिइएको छ ।

पल्सर २२० एफ र पल्सर एनएस २०० दुबै मोटरसाइकलको अगाडिमा एन्टी-फिक्सन बुसको साथ टेलिस्कोपिक फर्क दिएको छ भने, पछाडि ५ वे एड्जस्टेवल नाइट्रक्स सक एब्जर्बर दिइएको छ ।

बजाजले पल्सर २२० एफको अगाडि चक्कामा २६० एमएमको डिस्क ब्रेक दिएको छ भने पछाडि २३० एमएमको डिस्क ब्रेक दिएको छ । पल्सर एनएस २०० को अगाडि चक्कामा ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ । पल्सर २२० एफ र एनएस २०० दुबै माेटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

मूल्यका हिसावले पल्सर २२० एफको नेपाली बजारमा ३ लाख ५९ हजार ९०० र एनएस २०० एफआईको मूल्य ३ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । कार्बुरेटर इन्जिनमा उपलब्ध एनएस २०० को मूल्य भने ३ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top