अब मासिक ५ हजारमा बजाजको कुनै पनि मोटरसाइकल चढ्न सकिने

काठमाडौं । मासिक ५ हजार रुपैयाँ किस्तामा नै बजाजका कुनै पनि मोटरसाइकल चढ्न पाइने स्कीम सार्वजनिक भएको छ ।

बजाजले ‘यस्तो मज्जाको इन्स्टलमेन्ट’ योजना अन्तर्गत ५ हजार मासिक किस्तामा नै बजाज मोटरसाइकल चढ्न सकिने स्कीम सार्वजनिक गरेको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले ल्याएको यो स्कीममा ग्राहकले ३६ महिनासम्मको किस्ता सुबिधा पाउने छन् ।

यो स्कीम अन्तर्गत बजाजका कुनै पनि मोटरसाइकल किन्न चाहाने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यो योजनामा ग्राहकले १२ प्रतिशत ब्याजदरमा नै कर्जा पाउने छन् भने ३ वर्षसम्मको अबधिमा बाँकी रकम बुझाउन सक्नेछन् ।

यसले कम आम्दानी भएका ग्राहकले समेत बजाजका मोटरसाइल चढ्ने अवसर पाउने कम्पनीको दावी छ ।

यो योजना बजाजका सबै मोटरसाइकलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । धेरै मूल्य भएका मोटरसाइकल पनि मासिक ५ हजार किस्ता हुन आउने गरी डाउन पेमेन्ट र किस्ता अबधि थपघट गरेर खरिद गर्न सकिने छ ।

यो योजनामा बजाज पल्सर १५० किन्न चाहाने ग्राहकले के कति रकम बुझाउनु पर्छ भन्ने बारेमा थाहा पाउँन यहाँ क्लिक गनुहोला ।


Back_to_top