काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बजाज मोटरसाइकलको एक्स्चेन्ज मेला सुरु भएको छ । बुधबारदेखि सुरु भएको मेला आगामी असोज ७ गतेसम्म चल्ने नेपालको लागि बजाजको आधिकारी बिक्रेता एचएच बजाजले जनाएको छ ।
उक्त एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ बजाज बाइक साट्न सकिने छ । यसका लागि एकै छाना मुनि नेपालकै सबैभन्दा ठूला एक्सचेन्ज कम्पनीहरु सहभागी भएको कम्पनीले दाबी गरेको छ ।
पुरानो मोटरसाइकलको सर्वोत्कृष्ट मूल्यांकन गरी न्यूनतम ब्याजदरमा अन द स्पट फाइनान्स सुविधा समेत उपलब्ध गराउनुको साथै, प्रत्येक नयाँ बायक खरिदमा आकर्षक उपहारको समेत व्यवस्था गरिएको कम्पनीको भनार्इ छ ।
बजाजले यस वर्षको चाडपर्वलाई लक्ष्यित गरी पाकेट फुल नामक उपहार योजना समेत ल्याएको छ ।
बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड बाट १ लाखसम्मको नगद छुट प्राप्त गर्न सकिनेछ । यो योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरी एकजना भाग्यशाली विजेताको घोषणा हुनेछ । उक्त विजेताले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउनेछन् ।

