भृकुटीमण्डपमा बजाज एक्सचेन्ज कार्निभल सुरू, यी ५ सुविधा पाइने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बजाजका मोटरसाइकल र चेतक इलेक्ट्रीक स्कुटरको एक्सचेन्ज कार्निभल सुरू भएको छ ।

नेपालका लागि बजाज तथा चेतकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आजदेखि ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ सुरू गरेको हो ।

उक्त एक्सचेन्ज कार्निभल आगामी असोज २९ गतेसम्म संचालन हुनेछ । कम्पनीका अनुसार एक्सचेन्ज कार्निभलमा ग्राहकले आफूसँग भएका जुनसुकै पुराना मोटरसाइकल/स्कुटरसँग बजाजका नयाँ सवारी साट्न पाउने छन् ।

कार्निभलमा ग्राहकको सहजताका लागि २२ भन्दा बढी भ्यालुएटर उपस्थित रहेका छन् । जहाँ ग्राहक आफूले सोचेभन्दा उत्कृष्ट भ्यालुएसन पाउने छन् । साथै, आफूले ल्याएको जस्तोसुकै दुईपाँग्रे मोडलसँग बजाज तथा चेतकको जुनसुकै नयाँ मोडल छनोट गर्न सकिने छ ।

त्यस्तै, ग्राहकले बजाज मोटरसाइकल तथा चेतक स्कुटरको खरिदमा अप टू १ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् । यसका अलावा ग्राहकले विभिन्न किसिमका फ्री एसेशरिज, नागरिकता र आफ्नो ड्राइभिङ लाइसेन्सकै भरमा अन् द स्पट फाइनान्स सुविधा पनि उपलब्ध छ ।


Back_to_top