काठमाडौं । बजाज मोटरसाईकलको लागि बुटवल क्षेत्रका बिक्रेता भैरब अटोमोवाइल्स् कम्पनीले ‘महा–उत्सव एस्सचेन्ज मेला’को आयोजना गर्ने भएको छ । कम्पनीले आगामी फागुन २२ गते २७ गतेसम्म चल्ने उक्त मेला सुखानगर बुटवलमा आयोजना गर्ने भएको हो ।
कम्पनीले मेलामा कुनैपनि ब्रान्डका पुराना मोटर साइकल तथा स्कुटरको न्युनतम ३० हजार मुुल्याङ्कन गर्ने जानकारी दिएको छ । योसँगै स्क्राच कार्डबाट २० हजारसम्मको एडिसनल भ्यालु प्रदान गर्ने जनाएको छ ।
त्यसैगरी स्क्राच कार्ड मार्फत १५ हजारसम्मको क्यास डिस्काउन्ट अफरसमेत ग्राहकले पाउने छन् । बजाजले, आफ्ना सबै मोडलका लागि निःशुल्क चेक क्याम्पसमेत संचालन गर्ने भएको छ । त्यसको साथै, टेस्ट राइड गर्नेहरुको लागि आकर्षक उपहारको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
मेलालाई थप आकर्षक बनाउनको लागि सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ । यसको अलवा, प्रत्येक नयाँ बजाज मोटरसाइकलको खरिदमा लेग गार्ड, ल्यापटप ब्याग, हेलमेट, बाइक कभर, सिट कभरजस्ता ५ एसोसरीज निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

