बजाजको नयाँ अफरः थोरै डाउन पेमेन्टमा पनि व्याज नलाग्ने

काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलाचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकल खरिदमा ब्याज नलाग्ने स्कीम ल्याएको छ ।

यसअघि मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नेले मात्रै सून्य प्रतिशत व्याजदरको स्कीम पाउँदै आएकोमा अब ४० प्रतिशत डाउन पेमेन्टमा नै ब्याज नलाग्ने स्कीम दिएको हो ।

अब ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गर्दा पनि व्याज तिर्नु पर्दैन भने बाँकी रकम १८ किस्तामा भुक्तानी गरिसक्नु पर्ने हुन्छ । बजाजले यो स्कीम फेब्रुअरी महिनाभर मात्रै लागु हुने जनाएको छ । बजाजको आफ्नो नेपालभर रहेको १०० भन्दा धेरै आधिकारीक डिलरहरु मार्फत यो योजनामा सहभागी हुन सकिने जनाएको छ ।

बजाजले नेपाली बजारमा प्लाटीना, डिस्कभर, एभेन्जर १६०, एभेन्जर २००, एनएस १६०, एनएस २००, पल्सर १५०, डोमिनार २५०, डोमिनार ४०० जस्ता मोटरसाइकल विक्री गर्दै आएको छ ।


Back_to_top