बाह्रबिसेमा खुल्यो बजाजको शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सिन्धुपाल्चोकको बाह्रबिसेमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ संचालनमा ल्याएको छ ।

बजाजले आफ्नो सेवा केन्द्रहरुको विस्तार तिब्रगतिमा गर्दै आइरहेको समयमा बाह्रबिसेमा सेल्स, सर्भिस र स्पेयर्स पार्टस् सहितको शोरुम संचालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो विक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने ‘बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’


Back_to_top