बजाज पल्सर एनएस २०० र १६० पश्चात् अब एनएस–१२५ ल्याउने तयारी गरेको छ । यसलाई आगामी जुनमा सार्वजनिक गर्ने तयारी गरिरहेको बजाजका एमडी राजिब बजाजले बताएका थिए ।
केही समयअघि बजाजले पल्सर–२५० समेत ल्याउने घोषणा गरेको थियो ।
त्यस्तै बजाजले इन्ट्री लेभल सिटी, प्लाटिनासमेत ल्याउने जनाएको छ । कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राजिव बजाजका अनुसार पल्सर एनएस–१२५ का साथै यसअघि १०० सीसीमा आरहेको सिटी र प्लाटिना पनि १२५ सीसी सेग्मेन्टमै ल्याउन लागेको बताएका छन् ।
सिटी, प्लाटीना र पल्सर मोडलमा आकर्षक विशेषता प्रदान गरिरएको बताउँदै प्रत्येक मोटरसाइकलले उत्कृष्ट रेन्ज प्रदान गर्ने जानकारी दिए । यद्यपी, उनले मोडलबारे थप कुरा बताउन भने चाहेनन् ।
नयाँ मोडल बजारमा ल्याएसँगै कम्पनीले वर्षको सेकेन्ड क्वार्टरबाट उत्पादन र निर्यातलाई विशेष प्राथमिकता दिने जनाएको छ । कम्पनीले मासिक चार लाख युनिट व्यापार पुर्याउने लक्ष्य लिएको छ । बजाजले पछिल्लो वर्ष कमोडिटी र मार्केटिङ कस्टका कारण मार्जिनमा कमी आएको निश्कर्ष निकाल्दै यो वर्ष प्रिमियम मोटरसाइकलसँगै पल्सर रेन्जका मोटरसाइकलको उत्पादनलाई प्राथमिकतामा राखेको हो ।

