बजाज प्लाटीनाले दियो ९९ किलोमिटर माइलेज

सांकेतिक तस्बीर

काठमाडौं । बाजज प्लाटीनाले प्रतिलिटर ९९ किलोमिटर माइलेज दिएको छ । रौतहटको गौरमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’ कार्यक्रममा बाजज प्लाटीनाले ९९ किलोमिटर माइलेज दिएको हो ।

बजाजले आयोजना गरेको ‘बजाज माइलेज च्याम्पियन’ कार्यक्रममा लोकेश कुमार चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।

त्यस्तै ९४ किमि प्रति लिटर माइलेजका साथ मुकेश कुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहेका थिए ।

यस माइलेज च्याम्पियनमा सहभागि चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरूबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहन गरेको कम्पनीले बताएको छ ।

च्याम्पियनमा बिजेताहरूलाई पुरस्कृत गरिएको कम्पनीले बताएको छ ।


Back_to_top