काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले ७९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीमा ‘एक्सईभी-९ ई’ बजारमा ल्याएको छ । कम्पनीले हिजो सार्वजनिक गरेको कुप्पे डिजाइन एसयूभीको बिक्री भने आगामी मार्चबाट सुरु हुनेछ ।
हिजो नै महिन्द्राले बीई-६ई मोडल पनि सार्वजनिक गरेको थियो । यी दुबै मोडलको उत्पादन आगामी फेब्रअरीबाट सुरु हुनेछ । धेरै फिचरहरु दुबै कारमा समान छन् । तर, एक्सईभी-९ ई साइजमा निकै ठूलो छ । अहिले बजारमा उपलब्ध दीपल एस-०७ कै साइजमा आउने यो एसयूभीको लम्बाइ ४७९० एमएम लामो छ ।
यसको चौडाइ १९०५ एमएम र उचाइ १६९० एमएम छ । यसमा ग्राउन्ड क्लियरेन्स २०७ एमएम पाउन सकिन्छ । यसको ड्यासबोर्डमा तीन वटा स्कृन दिइएको छ । सबै स्कृनको साइज १२.३ इन्च छ ।

फ्लस डोर ह्याण्डल, बडीमा प्रसस्तै एजहरुको प्रयोग र एलइडी लाइटको ब्यापक प्रयोग भएको नयाँ एसयूभीको सुरुवाती मूल्य २१ लाख ९० हजार भारतीय रुपैयाँ कायम गरिएको छ । महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ र २० इन्चको ह्वील अप्सन दिएको छ ।
क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तिब्र गतिमा चलाउन मिल्छ । फ्ल्याटवटम स्टेरिङ ह्वील, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।
हर्मन कार्डनको १६ स्पीकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बीयन्ट लाइट, ५ जी कनेक्टीभीटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचरले यसलाई एक अब्बल एसयूभी बनाएको छ ।
कम्पनीले यसलाई ५९ र ७९ किलोवाट आवरको ब्याट्रीसँग १७० र २१० किलोवाटको मोटर अप्सन दिएको छ । दुबै भर्सनको टर्क भने समान ३८० एनएम छ । यसको टप भेरियन्टको डब्लूएलटीपी रेन्ज ५३३ किलोमिटर हुने बताइएको छ । महिन्द्राले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो । यसलाई २० देखि ८० प्रतिशत चार्ज गर्न केबल २० मिनेट लाग्ने कम्पनीको दावी छ ।

