सुजुकीले ल्यायो १६० सीसी एड्भेन्चर मोटरसाइकल

काठमाडौं । सुजुकी भि-स्ट्रोम १६० एड्भेन्चर सार्वजनिक भएको छ । सुजुकीले कोलम्बियामा भि-स्ट्रोम १६० सार्वजनिक गरेको हो ।

कम्पनीले भि-स्ट्रोको सिग्नेचर डिजाइनमा १६० सीसी एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको हो ।

हाल कोलम्बियाली बजारमा उपलब्ध यो मोटरसाइकल भारतीय बजारमा समेत उपलब्ध हुने बताइएको छ । भि-स्ट्रोम १६० एड्भेन्चरमा अन्य भि-स्ट्रोममा जस्तै फ्रन्ट फेन्डर, विन्डसिल्ड, फ्यूल ट्याङ्क, अप स्वप्ट एक्जस्ट दिइएको छ ।

अन्य सफिचरमा डिजिटल ड्यासवोर्ड, केवाइवी मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट, १७ इन्च अलोय ह्वील, ट्यूवलेस टायर, डबल च्यानल एबीएस उपलब्ध छ ।

सुजुकी भि-स्ट्रोम १६० एड्भेन्चरमा १६० सीसी सिंगल सिलिन्डर, एसओएचसी इन्जिन दिइएको छ । यो इन्जिनले १४.७५ बीएच पावरका साथै १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ ।

भारतीय बजारमा बढ्दो एड्भेन्चर टूरर कल्चरलाई मध्यनजर गर्दै ब्राजिलमा उत्पादन भएको यो मोटरसाइकल भारतमा सार्वजनिक हुने अनुमान र्ग सकिन्छ । तर, कम्पनीले भारतीय बजारमा सार्वजनिक गर्ने बारेमा कुनैपनि जानकारी बाहिर भने ल्याएको छैन ।


Back_to_top