रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक, मूल्य ५.५५ लाख

काठमाडौं । नेपाली बजारमा रोयल इनफिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन मोटरसाइकल सार्वजनिक भएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले बुधबार उक्त मोटरसाइकल लन्च गरेको हो ।

कम्पनीले उक्त मोटरसाइकलको मूल्य मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ ।

नयाँ मोटरसाइकल रोयल इनफिल्डको नेपालका २४ वटै शाेरुममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

यो मोटरसाइकलमा नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्वीच, इन्फो स्वीच र ओभल मास्टर सिलिन्डर लगायत फिचरहरू उपलब्ध छन् ।


Back_to_top