काठमाडौं । होण्डा इन्डियाले दुई इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा होण्डा एक्टिभा ई र क्यूसी १ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
होण्डाले हालै मिलानका सार्वजनिक गरेको होण्डा सीयूभी ई स्कुटरमा आधारित नयाँ एक्टिभा ई र क्यूसी १ सार्वजनिक गरेको हो ।
कम्पनीले सिल्क तथा एरोडाइनामिक डिजाइनमा नयाँ ईभी ल्याएको हो । कम्पनीले होण्डा एक्टिभा ई मा ६ किलोवाट क्षमताको डाइरेक्ट मोटर प्रयोग गरेको छ । यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा दुई ब्याट्री प्याक उपलब्ध हुनेछ । जसको कुल क्षमता ३ किलोवाट रहेको छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०२ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
एक्टिभा ईमा तीन राइड मोड उपलब्ध छ । यसमा इको कम्र्फट, स्पोर्टस् र रिभर्स मोड उपलब्ध रहेको छ । यसमा ५ इन्चको टीएफटी डिस्प्ले उपलब्ध छ । यसमा कनेक्टेड फिचर उपलब्ध हुने कम्पनीले बताएको छ । यसमा टर्न वाइ टर्न नेभिगेशन, कल÷एसएम अर्लट, म्युजिक कन्ट्रोल लगायतका फिचर उपलब्ध रहेको छ ।
यसको फ्रन्टमा टेलिस्कोपिक र रियरमा एडजष्टेबल मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । कम्बाइन ब्रेकिङ सिस्टम उपलब्ध यो स्कुटरको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा स्र्माट की, अन्डर सिट स्टोरेज, फराकिलो सिट, यूएसबी चार्जिङ पोर्ट, मोबाइल पकेट जस्ता फिचर उपलब्ध छन् ।
कम्पनीले एक्टिभा ई मोडलमा ब्याट्री स्वाप टेक्नोलोजीको प्रयोग गरेको छ । एक्टिभा ई किन्ने ग्राहकले ब्याट्री चार्जका साथै ब्याट्री हेल्थको चिन्ता लिनु नपर्ने बताएको छ । यसका बारेमा थप जानकारी केही समयपछि बाहिर ल्याउने कम्पनीले बताएको छ ।
त्यस्तै, कम्पनीले सार्वजनिक गरेको अर्को मोडल क्यूसी १ एक्टिभा ईकै डिजाइनमा तयार स्कुटर रहेको छ । यसका कम्पनीले १।५ किलोवाट क्षमताको फिक्सड् ब्याट्री उपलब्ध रहेको जनाएको छ । यो स्कुटरमा भने चार्जिङ पोर्ट दिएको छ । यो स्कुटरलाई घरमै चार्ज गर्न सकिन्छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गरेर ८३ किलोमिटरसम्मको रेन्ज पाउन सकिने कम्पनीको दाबी छ ।
यसमा २६ लिटरको अन्डर स्टोरेज, टाइप सी चार्जर, ५ इन्च डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । कम्पनीले क्यूसी १ मा दुई इको र स्पोर्टस् राइड मोडल उपलब्ध गराएको छ । यसको टप स्पीड ५० किलोमिटर प्रतिघण्टा रहेको छ ।