काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले कार्तिक १५ गतेदेखी लागू हुने गरि नयाँ मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार ७ मोडलका मोटरसाइकलमा मूल्य वृद्धि भएको छ । बजाज पल्सर १५० टीडीको मूल्य १ हजार रुपैयाँले वृद्धि भएको हो भने अन्य ६ मोडलमा २ हजार रुपैयाँ वृद्धि भएको छ । त्यसैगरि कम्पनीले ११ मोडलका मोटरसाइकलको मूल्य भने यथावत राखेको छ ।
मूल्य वृद्धि हुनेमा बजाज पल्सर १५०, पल्सर १५० टीडी, पल्सर २२० एफ, एनएस २०० एबीएस, एनएस २०० एफआई एबीएस, एभेन्जर १६० र एभेन्जर २२० रहेको छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य
बजाजले विक्री गर्ने प्लाटीना १०० ईसको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी, डिस्कभर १२५ डिस्क भर्सनको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ, डिस्कभर १२५ ड्रमको २ लाख ९०० रुपैयाँ र डिस्कभर १२५ एसटीको मूल्य २ लाख २५ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी बजाज एभेन्जर २२० क्रुजरको मूल्य ३ लाख ६६ हजार ९०० रुपैयाँ र एभेन्जर १६० स्ट्रीटको मूल्य ३ लाख ४५ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै, पल्सर सिरिजमा पल्सर २२० एफको मूल्य ३ लाख ६१ हजार ९००, पल्सर एनएस २०० एफआई÷एबीएसको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ, पल्सर एस २०० एबीएसको मूल्य ३ लाख ६७ हजार ९०० रुपैयाँ र पल्सर एनएस १६० को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै, पल्सर सिरिजमा सर्वाधिक विक्री हुने पल्सर १५० टीडीको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ र पल्सर १५० को मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ रहेको । यस्तै पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।
बजाजले नेपालमा विक्री गर्ने दुई प्रिमियम मोटरसाइकल बजाज डोमिनार सिरिजको डोमिनार २५० को मूल्य ५ लाख १८ हजार ९०० रुपैयाँ र डोमिनार ४०० को मूल्य ५ लाख ९८ हजार ९०० रुपैयाँ रहेको छ ।

