पल्सर आरएस २०० डबल च्यानल एबीएसमा

बजाजले आफ्ना सबैजसो मोटरसाइकललाई बीएस ६ मा अपग्रेड गरिसकेको छ । यसै क्रममा बजाज अटोले आरएस २०० लाई बीएस ६ इन्जिनमा सार्वजनिक गरेको हो ।

कम्पनीले बीएस ६ आरएस २०० मा डबल च्यानल एबीएसमा समावेश गरेर ल्याएको हो । भारतीय बजारमा सार्वजनिक भएको बीएस ६ बजाज आरएस २०० को मूल्य ३ हजार भारतीय रुपैयाले वृद्धि भएको छ । कम्पनीले यसअघि १ लाख ४२ हजार भारतीय मूल्यमा बिक्री गरिरहेको यो मोटरसाइकलको मूल्य अब १ लाख ४५ हजार भारु भएको हो ।

आरएस २०० फेयरिङ भर्सन र एनएस २०० नेकेड मोटरसाइकल भारतीय बजारमा चर्चित मोटरसइकल रहेको छ ।

कम्पनीले बीएस ६ बजाज पल्सर आरएस २०० लाई चुपचाप सार्वजनिक गरेको हो । यसकारण यसमा डबल च्यानल एबीएस छ वा छैन भन्ने अन्योल रहेको भारतीय मिडियाले जनाएको छ ।

यसअघि यो मोटरसाइकलमा सिगंल च्यानल एबीएस रहेको थियो । कम्पनीको आधिकारिक वेबसाइटमा भने अझैसम्म सिगंल च्यानल एबीएसमात्र अपलोड गरिएको छ ।

कोभिड १९ को महामारीका बीच अटोमोटिभ्स कम्पनीहरु समस्यामा परिरहेका छन् ।

बीएस ४ को तुलनमा बीएस ६मा केही कस्मेटीक परिर्वतन गरिएको छ । यसमा १९९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले २४.१ बीएच पावर तथा १८.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।


Back_to_top