काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलानचन्द एण्ड कम्पनीले कम डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम संचालन गरिरहेको छ । कम्पनीले फेस्टिभ अफरमा २५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिने स्कीम चलाई रहेको हो ।
यो स्कीम अन्तर्गत २ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य रहेको बजाज पल्सर १५०को डबल डिस्क भर्सन खरिद गर्दा ग्राहकले ७४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकीको ७५ प्रतिशत रकम ग्राहकले २४ महिनाको अबधिमा बुझाउने गरी १२ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् ।
यसरी २५ प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम ग्राहकले मासिक रुपमा १० हजार ५८८ रुपैयाँका दरले २४ महिना बुझाउनु पर्ने हुन्छ । कम्पनीले बजारमा आएको तरलता अभावलाई सम्बोधन गर्न फाइनान्स स्कीम दिएको जनाएको छ ।
यस्तो छ मोटरसाइकल
बजाज पल्सर १५० मा १४९ सीसी सिगंल सिलिन्डर एयर कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा १४ पीएस पावर र ७५०० आरपीएममा १३.४ एनएम टर्क प्रदान गर्ने गर्छ ।
यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । सेमी डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर रहेको छ । कम्पनीले यसलाई सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएको । यो मोटरसाइकल दुई कलर अप्सनमा उपलब्ध छ ।


