काठमाडौं । सर्वाधिक लोकप्रिय मोटरसाइकल बजाज पल्सर १५० सेतो कलरमा आउने भएको छ । भारतीय डिलर नेटकर्वमा २०२१ पल्सर १५० सेतो कलरमा देखिएको हो ।
बजाज पल्सर १५० भारतीय तथा नेपाली बजारमा सर्वाधिक विक्री हुने मोटरसाइकल रहेको छ । हाल डिलर नेटवर्कमा पुगेको बजाज पल्सर १५० को मुन ह्वाइट एडिशन चाँडै सार्वजनिक हुने भएको हो ।
२०२१ मोडल ह्वाइट एडिशनमा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । यसको ग्राफिकमा भने परिर्वतन देख्न सकिन्छ । यसमा रातो कलरको हाइलाइट्ले यसलाई अझै स्पोर्टी देखाएको छ । त्यस्तै यसको फ्रन्ट मडगार्डमा कार्वन फिनिस दिइएको छ । त्यसैगरि यसमा ब्ल्याकआउट अलाेय ह्वील रहेको छ भने, रिममा रातो स्ट्राइप दिइएको छ ।
बजाज पल्सर १५० मा १४९.५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यसले १३.८ बीएच पावर तथा १३.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको मूल्य ३ हजार भारतीय रुपैयाँ धेरै हुने अनुमान गरिएको छ ।


