काठमाडौं । बजाज अटोले एनएस १६० र २०० लाई अपग्रेड गरेर ल्याउने तयारी गरेको छ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै अपग्रेडेड एनएस १६० र एनएस २०० सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको टीजरमा एनएस १६० र २०० यूएसडी देखिएको छ ।
बजाजले केही समय अघि ब्राजिलियन बजारमा डोमिनार १६० र २०० को रुपमा एनएस १६० र २०० विक्री सुरू गरिसकेको छ । यी दुवै मोटरसाइकलमा यूएसडी फर्क प्रयोग गरिसकेको छ ।
उक्त यूएसडीसहितको एनएस १६० र २०० लाई बजाज भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो । अबको केही दिनमा नै अपग्रेडेड एनएस सिरिज बजारमा आउने अनुमान गर्न सकिन्छ ।
बजाजले एनएस १६० मा ३१ एमएमको यूएसडी फर्क र एनएस २०० मा ३३ एमएम यूएसडी फर्क दिने अनुमान गरिएको छ ।

