काठमाडौं । लामो समयपछि बजाज अटोले आफ्नो क्यूट कारलाई भारतीय बजारमा बिक्री वितरण गर्न पाउने भएको छ ।
सुरुमा यसलाई सवारी उपयोग नीति अनुरुप भारतीय सडकमा गुडाउन अनुमति दिइएको थिएन, तर मोटर गाडी नीति १९८८ अन्तर्गत सडक, सवारी र राजमार्ग मन्त्रालयले अहिले त्यसलाई उपयोग अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले आफ्नो क्यूट कारलाई भारतीय बजारमा चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनी स्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाले मार्च २०१९ सम्ममा यो गाडी भारतीय सडकमा गुड्न सुरु गर्ने उल्लेख गरेका छन् ।
भारतमा उत्पादन भएको यो कार यसअघि देखिनै भारत बाहिर निर्यात हुँदै आएको थियो । अब भने भारतीय बजारमा पनि यसको बिक्री वितरण हुनेछ ।
बजाज अटो इन्डियाका चीफ कमर्शियल अफिसर राकेश शर्माले क्यूट संचालनको लागि राज्य सरकारहरुसँग अनुमति लिने काम भइरहेको जानकारी दिएका छन् ।
‘लगभग सबै राज्यले यसलाई संचालन स्वीकृत गरिसकेका छन्, अब बाँकी केही काजजात मिलाउनु पर्नेछ, मार्चपछि तपाई बाटोमा क्यूट देख्न सक्नुहुनेछ,’ शर्माले भने ।
यस्तो छ क्यूट
क्यूट मा २१७ सीसी, ४ स्ट्रोक, स्पार्क–इग्रिशन, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले १३ बीएचपी पावर र १९.६ एनएमको टर्क जेनेरेटर गर्नेछ । यसमा ८ लिटरको पेट्रोल ट्याङ्की र इन्जीन ५ स्पीड म्यानुयल ट्रान्समिशन दिइउको छ । यसको मूल्य २ लाख भारतीय मूल्यभन्दा कम हुने अनुमान गरिएको छ ।
यसमा प्रयोग भएको हाई–एन्ड टेक्नोलोजीका कारण यसलाई १ लिटर पेट्रोलले ३६ किलोमिटरसम्म चलाउन सकिनेछ । यसको टप स्पीड क्षमता ७० किलोमिटर प्रतिघण्टा क्षमता रहेको छ ।
आउला नेपाल
नेपालमा बजाजका उत्पादन हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिक्री वितरण गर्दै आएको छ । यसमा दिइएको कम क्षमताको इन्जिन र पावरका कारण यो कार नेपाल ल्याउने विषयमा अहिल्यै कुनै निर्णय नभइसकेको कम्पनी स्रोतले जानकारी दिएको छ ।


