बजाज र ट्रम्फले संयुक्त रुपमा नयाँ बाइक बनाउने

दुई मोटरसाइकल उत्पादक कम्पनी बजाज र ट्रम्फले संयुक्त रुपमा मोटरसाइकल बनाउने भएका छन् । २०१७ मा यी दुबै कम्पनीले संयुक्त लगानीमा मिड डिस्पेसमेन्ट बाइक उत्पादन गर्ने  घोषणा गरेका थिए । २०२० मा आयोाजना हुने इकामा मोटर शोमा नयाँ बन्ने मोटरसाइकलको अवधारणा सार्वजनिक गर्ने जानकारी दुई कम्पनीले गराएका छन् । 

संयुक्त रुपमा उत्पादन हुने मोटरसाइकल यथासक्य चाँडो भारतीय बजारमा उतार्ने योजना कम्पनीको छ । बजाज अटोका प्रतिनिधी राकेश शर्माले सहकार्य उपलब्धी मुलक भएको निष्कर्ष निकाल्दै आगामी दुई महिनाभित्र सहकार्यको नतिजा देखा पर्ने बताएका छन । 

५०० देखि ६०० सीसी सेग्मेन्टमा आउने ती मोटरसाइकलमा २ सिलिन्डर इन्जिन लगाउने कम्पनीले जनाएको छ । त्यस पश्चात सिंगल सिलिन्डर इन्जिनयुक्त मोडलको उत्पादन गर्ने दुई कम्पनीको योजना छ । 

दुई कम्पनीले संयुक्त रुपमा उत्पादन गर्ने मोटरसाइकल कुन ब्रान्डमा आउने र त्यसको विशेषताका बारेमा कम्पनी अहिलसम्म केही खुलाएका छैनन् ।  


Back_to_top