महिन्द्रा थार सिंग्नेचर इडिसन सार्वजनिक, यस्तो मूल्य र विशेषता

महिन्द्राले थारको सिंग्नेचर इडिसन ९ लाख ९९ हजार भारुमा सार्वजनिक गरेको छ । यो जारी मोडलको तुलनामा ५० हजार भारु महँगो हो । कम्पनीले २०१० मा सार्वजनिक भएको थार नयाँ प्रदूषण मापदन्ड बीएस–६ अनुरुप परिमार्जन गरि ल्याएको हो ।

थारको ७ सय युनिट भने नेपोली ब्लाक र एक्युवा म्यारिन पेन्टमा आउने कम्पनीले जनाएको छ । यस एसयूभीमा पाँच स्पोक १५ इन्च आलोय ह्वील दिइएको छ । एसयूभीको बोनेट लीडमा ब्लाक डिकेल्स लगाइएको छ भने फ्रन्ट बम्परमा सिल्भर रङ लगाइएको कम्पनीले जनाएको छ ।

सिटमा लेदरको कभर लगाइएको छ भने कारमा फ्रन्ट फेसिङ रियर सिट लगाईएको छ । रेगुलर मोडलको तुलनामा यसको क्याबिन केही फराकिलो रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले थार डिआई भेरियन्टको बिक्रीवितरण बन्द गरि सीआरडीइ भेरियन्ट ल्याउने भएको छ । यसमा २.५ लिटर डिजेल इन्जिन लगाइएको कम्पनीले जनाएको छ । यो इन्जिनले १०७.४१ पीएस पावरका साथै २४७ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअल गियरबक्स लगाइएको छ ।


Back_to_top