बजाजले कम मूल्यको प्रिमियम मोटरसाइकल ल्याउने

काठमाडौं । बजाजले कम मूल्यको नयाँ प्रिमियम मोटरसाइकलको परिक्षण सुरु गरेको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल परिक्षण सुरु गरेको हो ।

बजाजले ल्याउने नयाँ मोटरसाइकल पी १२५ भएको मिडियाहरुले अनुमान गरेका छन् । तर, कम्पनीले पी १५० को उत्पादन नै बन्द गरेको कारण एन १२५ हुन सक्ने आँकलन पनि गरिएको छ ।

कम्पनीले लगभग तयारी अवस्थामा यसको परिक्षण गरेको कारण चाँडै बजारमा आउने अनुमान गरिएको छ । सार्वजनिक भएको तस्विर अनुसार पी १२५ मोटरसाइकल एन १५० सँग मिल्दोजुल्दो देखिन्छ ।

बजाजले यसमा १२४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम ११ ब्रेकहर्स पावर र ११ एनएमकै टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स हुनेछ ।

स्लीक र स्टाइलिस बडी डिजाइन रहेको मोटरसाइकलमा ठूलो प्रोजेक्टर एलइडी हेडलाइट, युनिब्रो टाइपको एलइडी डिआरएल सिग्नेचर, ड्यूल एलइडी टेल लाइट, क्लीप–अन ह्यान्डलबार, इन्जिन काउल, सिंगल पीस सिट, कन्भेन्सनल ग्रयाव ह्यान्डल दिइएको छ ।

सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहने नयाँ मोटरसाइकलमा यूएसबी चार्जिङ पोर्ट, आरएसयु टेलिस्कोपीक फर्क सस्पेन्सन, कन्भेस्नल बक्स सेक्सन स्विङआर्म, १७ इन्चको अलोय ह्वील, सिंगल च्यानल डिस्क ब्रेक र सिंगल च्यानल एबीएस पनि उपलब्ध हुनेछ ।


Back_to_top