रेनोको सबैभन्दा सस्तो ईभी ‘ट्वीङगो’

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले सन् १९९२ मा लन्च भएको आफ्नो पपुलर सिटी कार ट्वीङगो इभी भेरियन्टमा ल्याउने भएको छ । ट्वीङगो रेनोको इन्ट्री लेवल इलेक्ट्रीक कारको रुपमा बजारमा आउने भएको हो ।

रेनोले आगामी ईभीको लाइनअप देखाउँदै ७ नयाँ मोडल बजारमा ल्याउने भएको हो । त्यसमा सबैभन्दा कम मूल्यको इन्ट्री मोडल ट्वीङगो मोडल हुनेछ ।

रेनोले ट्वीङगोलाई सबैभन्दा इफिसीयन्ट कार हुने जनाएको छ । यो कारको इनर्जी खपत प्रति १०० किलोमिटरमा केबल १० किलोवाट आवर मात्र हुनेछ । जुन अहिले बजारमा रहेका मिनी ईभीको तुलनामा ५० प्रतिशत धेरै इफिसीयन्स रहेको कम्पनीको भनाइ छ ।

रेनोले ट्वीङगोको बारेमा अन्य जानकारी बाहिर ल्याएको छैन । तर, यसलाई सीएमएफ बीइभी प्लेटफर्ममा बनाउने विषय भने बाहिर आएको छ । उक्त प्लेटफर्मको नाम अहिले परिवर्तन गरेर ‘एम्पआर स्मल‘ राखिएको छ ।

रेनोले यो प्लेटफर्मको प्रयोग गरेर सन् २०२४ र २०२५ मा लन्च हुने रेनो ५ र रेनो ४ इलेक्ट्रीक सव कम्प्याक एसयूभी तयार गरेको छ । यी दुबै इलेक्ट्रीक कार निकै प्रतिक्षा गरिएको मोडल हुन् ।

रेनोको ट्वीङगो सिटी कार सन् २०२६ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ । यूरोपियन बजारबाट यसको बिक्री सुरु हुँदैछ ।

रेनोले भारतीय बजारमा पनि ईभी उत्पादनलाई तिब्रता दिने जनाएको छ । कम्पनीले सन् २०२५ मा पहिलो भारतीय ईभी उत्पादन बाहिर ल्याउने छ ।


Back_to_top