बजाजको ग्राण्ड एक्सचेन्ज मेला सुरू, मोटरसाइकल किन्दा सर्भिस चार्ज नलाग्ने

काठमाडौं । बजाज नेपालले ग्राण्ड एक्सचेन्ज मेला अयोजना गरेको । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले फागुन २० गतेदेखि २६ गतेसम्म ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरेको हो ।

बजाज ग्राण्ड एक्सचेन्ज मेला बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा आयोजना भइरहेको छ । यो मेलामा ग्राहकहरुले आफ्नो कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजका नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।

बजाजले उक्त एक्सचेन्ज मेलामा पुराना मोटरसाइकलको मूल्याङ्कनमा थप १० हजार भ्यालुएसन दिने जनाएको छ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

साथै, अन-द-स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ ।

‘नयाँ जीवनको तयारी बजाजको सवारी’ भन्ने ट्यागलाइनको साथ संचालन भइरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, कुनैपनि सर्भिस चार्ज नलाग्ने समेत कम्पनीको भनाइ छ ।

कम्पनीले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग उपलब्ध गराउने छ ।


Back_to_top