आफैं गाडी चलाएर उम्मेदवारी दर्ता गर्न गए बालेन

काठमाडौं । देशभर चुनावी सरगर्मी सुरू भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता भइरहेछ ।

पूरै देश चुनामी माहोलमा होमिँदा झापा क्षेत्र नम्बर-५  इपिसेन्टर बनेको छ । पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीसँग चुवानमा भिड्न बालेन शाह काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर झापा ५ पुगेपछि देशभर चर्चा चुलिएको हो ।

बालेन सोमबार नै झापा ५ पुगेका थिए । उनले आज झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्दै छन् ।

बालेन बसेको ठाउँबाट आफैंले टोयोटा ल्याण्ड क्रुजर प्राडो गाडी चलाएर उम्मेदवारी दर्ता गर्न निस्किएका थिए । यद्यपि, उक्त गाडी बालेनको आफ्नै भने नभएको बताइएको छ ।

बालेनको उम्मेदवारी दर्ता गर्न जाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकले विशाल र्याली निकालिरहेका छन् ।


Back_to_top