काठमाडौं । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर फागुन २१ हुने प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् ।
उनलाई नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर २ को टिकट दिएको हो ।
स्वाँर उक्त क्षेत्रमा रास्वपाका केपी खनाल, एमालेका सूर्यबहादुर थापा, नेकपाबाट नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।
गत २०७९ को चुनावमा उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरीले जितेका थिए ।


