बलेनोमा थपियो ५ फिचर

काठमाडौं । मारुती सुजुकीको सफल ह्याचव्याक कार बलेनोको फेसलिफ्ट मोडल भारतमा यही महिना विक्री सुरु हुँदैछ । भारतमा विक्री सुरु भएको केही दिन भित्रै नेपाल आउने भएकाले यसमा रहेका फिचर कस्ता छन् भन्ने जिज्ञासा नेपालमा पनि हुनु स्वभाविक हो ।

बलेनो टोयोटाको नेम प्लेटमा ग्लान्जा नामबाट विक्री हुँदै आएको प्रिमियम ह्याचव्याक कार हो । सुजुकीको नयाँ हार्डटेक प्लेटफर्ममा बन्नेको बलेनो पहिलेभन्दा कम तौल र स्ट्रक्चरको स्टेन्थमा पनि सुधार हुने बताइएको छ ।

फेसलिफ्ट मोडल बजारमा आएसँगै कम मूल्यका अटोमेटीक कार पाउन सकुन् भनेर सिभीटी गियरबक्स हटाएर सस्तो एएमटी गियरबक्स दिइएको छ । कम्पनीले कारमा थुप्रै कस्मेटिक परिवर्तन गरेको भएपनि इन्जिनमा कुनै परिवर्तन गरेको छैन ।

हेडअप डिस्प्ले

सुजुकीले देखाएको टिजरमा पहिलो पटक बलेनोमा हेडअप डिस्प्ले दिएको देखिन्छ । यस डिस्प्लेमा इन्धनको अवस्था, स्पीड रिडिङ, आरपीएम ग्राफिक्स, टाइम र गियर सेलेक्सन इन्डिकेटर देख्न सकिन्छ । यो फिचरसँगै बलेनो सेग्मेन्टमै पहिलो हेडअप डिस्प्ले फिचर भएको कार बन्नेछ ।

नयाँ डिजाइनको हेडल्याम्प

फेसलिफ्ट बलेनोको अगाडिको सम्पूर्ण भागमा परिमार्जन देख्न सकिन्छ । त्यसमध्ये सबेभन्दा महत्वपूर्ण मानिने हेडल्याम्पमा देखिनेगरी परिवर्तन भएको छ । एडइडी डे टाइम रनिङ लाइटसहितको नयाँ हेडल्याम्प सेटअपले कारलाई निकै आकर्षण देखाएको छ ।

नयाँ टेलल्याम्प

हेडलाइट जस्तै नयाँ बलेनोको टेललाइट पनि परिवर्तन भएको छ । अब बलेनोमा र्याप अराउण्ड एलइडी टेललाइट पाउन सकिन्छ ।

नयाँ ग्रिल र फगल्याम्प

बनेको ग्रिल पनि परिवर्तन भएको छ । नयाँ ग्रिलमा वाइड साइजको सेन्ट्रल एयरइन्टेक दिइएको छ । साथै, फगल्याम्प हाउजिङको डिजाइन पनि पूर्णत नयाँ दिइएको छ ।

ठूलो टचस्कृन

नयाँ २०२२ डिजाइन बलेनोमा नयाँ ९ इन्चको फ्लोटिङ एचडी क्वालीटीको इन्फोटेन्मेन्ट सिस्टम रहनेछ । यसमा एप्पल कार प्ले, अन्ड्रोइड अटो र सुजुकी कनेक्टको सुविधा उपलब्ध हुनेछ । बलेनोमा आर्कामसको म्यूजिक सिस्टम रहने छ ।

यी सबै फिचर परिवर्तन भएर आउने बलेनो पहिलोको तुलनामा केही महंगो भने पक्कै हुनेछ । तर, कम्पनीले भारतमा यसको मूल्य अझै सार्वजनिक गरेको छैन ।


Back_to_top