प्योर ईभीको इलेक्ट्रीक स्कुटर नेपाल आउँदै, यस्तो हुनेछ मूल्य

काठमाडौं । प्योर ईभीको उत्पादन ब्याटःरी स्टोरी नेपाली बजारमा आउने भएको छ । प्योर इभी इन्डियाको उत्पादन नेपाली बजारमा ह्वाइट लोटस मोटर्स नेपालले ल्याउने भएको हो ।

यो स्कुटर नेपाल आउने तयारी अन्तिम चरणमा पुगेको कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

स्टोरी इलेक्ट्रीक स्कुटरमा लुकस टीभीएसले उत्पादन गरेको आईपी ६७ रेटेड २ किलोवाट क्षमताको हब मोटर जडान गरिएको छ । यसमा ६० भोल्ट ५२ एएच क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ।

यो स्कुटरलाई ६५ किलोवाट प्रति घण्टाको स्पीडमा चलाउन सकिन्छ । यसले सिंगल चार्जमा अधिकतम १३२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो इलेक्ट्रीक स्कुटरलाई ६७.२ भोल्ट १० एम्पायरको चार्जरबाट चार्ज गर्दा फुलचार्ज हुन ५ घण्टा समय लाग्दछ । यसमा कम्बो ब्रेकिङ सिस्टम दिइएको छ ।

स्टोरी इलेक्ट्रीक स्कुटरको ह्विलबेस १३७० एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स भने २०० एमएम पाउन सकिन्छ।

सेफ्टी र कम्फर्टका फिचर्समा यो इलेक्ट्रीक स्कुटरमा पर्किङ मोड, कल अलर्ट्स, ब्लुटुथ कनेक्टिभिटी, राइड एनलिटिक्स, रिभर्स मोड, पिलियन राइडर फुटपेग, प्यासेन्जर साइड फुटरेस्ट, यूएसबी चार्जर लगायत समावेश गरिएको छ ।

यसमा आईपी ६५ रेटेड ५ इन्चको टिएफटि स्मार्ट डिस्प्ले, हलोजेन हेडल्याम्प, एलइडी टेलल्याम्प, हलोजेन टर्न सिग्नल ल्याम्प पनि रहेका छन् ।

कम्पनीले ल्याउने यो स्कुटरको मूल्य नेपाली बजारमा ३ लाख ३५ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


Back_to_top