पल्सर एनएसको माइलेज ७४ किलोमिटर !

काठमाडौं । बजाज पल्सर एनएस १२५ ले ७४ किलोमिटर माइलेज दिएको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १२५ ले १ लिटर पेट्रोलमा ७४ किलोमिटर माइलेज दिएको दावी गरेको हो ।

कम्पनीले केही दिनअघि गरेको मापसे (माइलेज, पर्फमेन्स र सेफ्टी) टेस्ट कार्यमक्रममा उक्त माइलेज पाइएको कम्पनीले जनाएको हो ।

आर्शिवाद अटोमोवाइल पर्साले गरेको उक्त मापसे चेक कार्यक्रममा सहभागी मध्य सुसन चौधरीले चलाएको एनएस १२५ले ७४ किलोमिटर माइकलेज दिएको कम्पनीले जनाएको छ ।

दोस्रो हुने जितेन्द्र चौधरीले ७३ किलोमिटर माइलेज पाएको थिए भने ७१ किलोमिटर माइलेजका साथ धर्मेन्द्र कुमार तेस्रो भएको थिए ।

चालकहरुले पल्सर मोटरसाइकलले पनि यति धेरै माइलेज दिन्छ भनेर कहिलो विश्वास नगरेको र आफैले चलाउँदा छक्क परेको बताएका थिए । कम्पनीले तराईको समथर भागमा मोटरसाइकलको मापसे चेक गरेको थियो ।

हंशराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्ने सबैभन्दा कम सीसीको पल्सर एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५मा दिएको छ ।


Back_to_top