काठमाडौं । महिन्द्रा फोर ह्वीलर्सको आधिकारीक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि र अग्नि हायेर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
यी संस्थाहरु बीचको सम्झौता अनुसार कुनै पनि महिन्द्रा गाडीको बीमा दावी भुक्तानी नगदरहित हुनेछ । त्यसको लागि यी कम्पनी बीच सम्झौंता भएको हो ।
सम्झौता पत्रमा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ तथा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस समझौता पश्चात महिन्द्रा ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने बताइएको छ ।