ओलाले कार नबनाउने, यस्तो छ कारण

काठमाडौं । इलेक्ट्रीक स्कुटर उत्पादक भारतीय जायन्ट कम्पनी ओला आफ्नो कार बनाउने योजनाबाट पछि हटेको छ । केही वर्ष अघि कम्पनीले इलेक्ट्रीक कार उत्पादन गर्ने घोषणा गरेको थियो ।

कम्पनीले इलेक्ट्रीक स्पोर्टस् कार उत्पादनका लागि पेटेन्ट सेमत दर्ता गरिसकेको थियो । तर, अहिले स्कुटर तथा मोटरसाइकलमै फोकस हुनका लागि कारको प्रोजेक्टबाट पछि हटेको बताएको छ । कम्पनीले कम्तीमा दुई वर्षको लागि कारको प्रोजेक्ट पछि सारेको हो ।

कम्पनीले ओला स्पोर्टस् कारका लागि १०० जना टिम बनाएर काम सुरू गरेको थियो भने अहिले ३० प्रतिशतभन्दा धेरै कर्मचारीले काम छाडेको कम्पनीले जनाएको छ ।

कम्पनीले कारको प्रोजेक्ट बन्द गर्ने निर्णयसँगै सफ्ट ब्याङ्कबाट ६६० मिलियन डलर फण्ड रेज गर्ने योजना बनाएको छ । त्यसको लागि भोलि अगष्ट २ देखि आइपीओ ल्याउने भएको हो । कम्पनीले ४.४ विलियन डलर हाराहारीको आइपीओ ल्याउने छ ।

ओलाले नयाँ लगानीबाट मोटरसाइकल तथा स्कुटरको विकासमा लगाउने योजना बनाएको हो । कम्पनीले केही दिन अघि मोटरसाइकलको पहिलो टिजर सार्वजनिक गरेको थियो ।

गत वर्ष ओलाले ४ मोडलका मोटरसाइकल ल्याउने योजना बाहिर ल्याएको थियो । ओलाले इलेक्ट्रीक दुईपाँग्रे बजारमा पहिलो हासिल गर्दै आएको छ । कम्पनीले स्कुटर उत्पादन सुरू गरेको तीन वर्षमा ४६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको हो ।


Back_to_top