हुन्डाई स्कीम बिजेताले पाए एक्सटर एसयूभी

काठमाडौं । हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तथा तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ को विजेतालाई पुरस्कार हस्तान्तरण गरेको हो ।

उक्त अफरका विजेता सुनसरीका इन्द्रप्रसाद गुरागाई, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले नक्सालस्थित शोरुममा आयोजित एक कार्यक्रममा गाडी हस्तान्तरण गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त अफर अन्तर्गत हरेक नयााँ हुन्डाई गाडीको खरिदमा ग्राहकले छ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बिमा तथा सडक कर तथा स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्परमा एक जना विजेताले हुन्डाई एक्सटर गाडी जित्ने मौका थियो ।

सो अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्रमार्फत गत असार ३१ गते ११ बजे गरिएको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखेर हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।


Back_to_top