बेनेलीको नयाँ वर्ष स्कीम : सिधै २५ हजार छुट

काठमाडौं । बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सिधै २५ हजार नगद छुटसहित पाइने नयाँ वर्ष स्कीम ल्याएको हो ।

कम्पनीले नयाँ वर्ष २०८२ को अवसर पारेर नगद छुट स्कीम ल्याएको छ । केटीएम इन्टरनेशनल ट्रेडिङका अनुसार यो अफर सबै मोटरसाइकल तथा स्कुटरमा लागु हुनेछ ।

कम्पनीले ल्याएको यो स्कीममा एक्सचेन्ज मार्फत मोटरसाइकल किन्ने ग्राहकलाई २५ हजार थप मूल्यांकन दिने कम्पनीको भनाइ छ ।

हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले हेलमेट, इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क पाउने छन् । यो स्कीम नेपालभर रहेको बेनेलीको आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

केटीएम इन्टरनेशनलले नेपाली बजारमा एक मोडलको स्कुटर तथा ८ मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ ।


Back_to_top