६ वटा नयाँ कार तथा मोटरसाइकलमा दिइएका उत्कृष्ट टेक्नोलोजी

काठमाडौं । सन् २०२० अटोमोवाइल क्षेत्रका लागि खराव वर्ष भएता पनि अटोमोवाइलको टेक्नलोजीमा व्यापक विकास भएको छ । अझ अटोमोवाइलमा प्रयोग हुने टेक तथा ग्याजेटका लागि यो वर्ष अत्याधिक उत्साहजनक रह्यो ।

भारतीय एनडी टिभीको अटो संस्करण कार एण्ड बाइकले वार्षिक रुपमा अटोमोवाइल क्षेत्रमा दिदै आएको सिएण्डबी अवार्डमा टेक ग्याजेट भ्यूअर च्वाईस अवार्ड एक मुख्य विधाको रुपमा रहेको छ । वर्षभरि सार्वजनिक भएका नयाँ कार तथा बाइकमा प्रयोग भएको नयाँ उत्कृष्ट टेक्नलोजीलाई सिएण्डबी टेक ग्याजेट अवार्ड दिने गरेको छ ।

यस वर्ष पनि टेक ग्याजेट शिर्षकमा लागि ५ वटा कार तथा बाइक नोमिनेसनमा परेका छन् । उक्त नोमिनेसनमा परेको बाइक तथा कारको टेक्नलोजी निम्नाअनुसार रहेका छन् ।

१. हुन्डाई क्रेटाको इनवियूल्ट एयर प्युरिफायर

सडकमा हावाको गुणस्तर एकदमै खराव हुने गरेको छ । सवारी साधन प्रायः सधै बाटामै गुडिरहने भएकोले उक्त सवारीमा यात्रा गर्ने यात्रुहरु पनि हावाको प्रदुषणबाट मुक्त हुन सक्दैनन् ।

यसलाई मध्यनजर गर्दै हुन्डाई इन्डियाले पहिलो पटक न्यू जेनेरेशन क्रेटामा इनवियूल्ट एयर प्यूरीफायर राखेर उत्कृष्ट काम गरेको छ । जसको सहयोगमा गाडीमा यात्रा गर्ने यात्रुलाई स्वच्छ हावा प्रदान गरेको छ ।

२. किया सोनेटको मुडलाईट सहितको साउण्ड सिस्टम र १०.२५ इन्चको डिस्प्ले

गएको वर्षमा कारको अडियो एक्पिरियन्सको क्षेत्रमा धेरै विकास भएको छ । जसमा भारतमा निर्मित कम्प्याक्ट एसयूभी किया सोनेटले प्रिमियम साउण्ड सिस्टम बोसको प्रयोग गरेको छ ।

अमेरिकी साउण्ड सिस्टम कम्पनी बोस आफ्नो उत्कृष्ट क्वालीटीको लागि प्रख्यात रहेको छ । यस कार क्यावीनमा मुड लाइट समेतको प्रयोग गरेकोले कारको एम्बीयन्स राम्रो रहेको छ । यसमो ड्यासबोड्मा प्रयोग भएको १०.२५ इन्चको ठूलो स्किृनले फङ्सनहरु चलाउन कम्प्याक एसयूभीहरु मध्येमा सबैभन्दा सजिलो बनाएको छ ।

३. एमजी इजेडएसको आईस्मार्ट भर्चुअल असिस्टेन्ट

एप्पलको सिरी, अमेजनको एलेक्सा तथा गुगल असिस्टेन्टहरुले डिजीटल असिस्टेन्टको क्षेत्रमा उत्कुष्ट काम गरेका छन् । तर, हामी अहिले नयाँ प्रकारको डिजीटल असिस्टेन्टको युगमा प्रवेश गरेका छौ । यस्तोमा मोरिस ग्यारेजले आफ्नो इजेडएसमा प्रयोग गरेको आईस्मार्ट भर्चुअल असिस्टेन्टले कारको स्मार्ट फिचरमा उत्कृष्ट अनुभव दिलाउन सक्छ ।

फोन डायल गर्ने र म्युजीक सिस्टम चलाउने मात्र होइन यसले मुुख्यतथा एसियन याक्सेन्टलाई बुझ्ने र विभिन्न फिचरहरुलाई सहि तरिकाले कन्टोल गर्न सक्नेछ ।

४. निसान म्याग्नाइट डिजीटल इन्ट्रुमेन्टल कन्टोल

हालै लन्च भएको निसानको पहिलो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटको मुख्य आकर्षणको रुपमा रहेको डिजीटल इन्ट्रुमेन्ट क्लष्टरले ९० को दशकको चर्चित भिडीयो गेम निन्टेन्डोलाई सम्झाउने छ । रंगिन कन्सोलमा टायर प्रेसर मोनिटर, कार कसरी चलाएको छ सो समेत विश्लेषण गर्ने एड्भान्स टिप कम्प्युटर आदि यसमा पाउन सकिन्छ । एकदमै कम मूल्यमा लन्च भएको कारमा यस्तो फिचर आउनु ग्राहकहरुका लागि पक्कै पनि खुसीको कुरा हो ।

५. रोयल इन्फिल्ड मेटेरियो टिपर एप

स्मार्ट कनेक्टेड फिचर अब बाइक तथा स्कुटरहरुमा पनि प्रयोग हुन थालेका छन् । यसमा क्लासिक वाइकहरु बनाउदै आएको रोयल इन्फिल्ड पनि अछुतो रहन सकेन । आरईले गुगल म्याप र प्लेसेजहरुको सहकार्यमा मेटेरो ३५० मा टिपर नामक एप ल्याएको छ । जसमा टर्न वाइ टर्न न्याभीगेटर प्रयोग गर्न सकिन्छ । यसमा नेटवर्क नभएता पनि टिपको म्याप हराउने छैन ।

६.टाटा नेक्सन आईआरए कन्नेक्टीभीटी सुईट

टाटा नेक्सनसँग एण्ड्रोइड र आइएसओमा उपलब्ध आईआरए कनेक्टीभीटी स्ट्याक एप रहेको छ । यस एपमा कारमा रहेको सबै वेसिक फिचरहरु रहेको छ । यसले फियूल लेभल, क्लाइमेट कन्ट्रोल एडजस्ट गर्न मिल्ने, एसी खोल्न बन्द गर्ने फिचरका साथै अडियो सिस्टमलाई रिमोटबाटै कन्ट्रोल गर्न मिल्छ ।


Back_to_top