काठमाडौं । जेवाइ एयर विद्युतीय सवारीसाधन (ईभी) को ब्राण्ड एम्बास्डरमा विजय लामा नियुक्त भएका छन् ।
नेपालका लागि जेवाइ एयरको आधिकारिक बिक्रेता एलआरआर मोटर्स्ले वरिष्ठ क्याप्टेन लामालाई आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
जारी नाडा अटो शोमा भएको सम्झौतामापत्रमा क्याप्टेन लामा र एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले हस्ताक्षर गरे ।
यसले विमानको सुरक्षा र प्रविधिलाई नेपाली सडकमा दिगो गतिशीलतासँग जोड्ने एक महत्वपूर्ण कदमका रूपमा लिएको कम्पनीले जनाएको छ ।
निर्देशक शाहीले यो सम्झौताले एउटा बृहत दूरदृष्टिलाई उजागर गरेको बताए । ‘आजले हामी केवल साझेदारीमा प्रवेश गरेका मात्रै हैनाैं, बरु एउटा बृहत दूरदृष्टिलाई उजागर गरेका छौं। जेवाइ एयर ईभीले विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, सुरक्षा र दिगोपनाको प्रतिनिधित्व गर्छ,’ उनले भने ।
वरिष्ठ क्याप्टेन लामाले जेवाइ एयर ब्राण्डले अँगालेका विश्वास, अनुशासन र उत्कृष्टताको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे । उनले जेवाइ एयरको संलग्नतामार्फत उडानको आत्मालाई सडकमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।
‘जेवाइ एयर ईभी केवल एउटा कार मात्र होइन, यो पाङ्ग्रामा ल्याइएको विमान हो, जसमा सुरक्षा, अनुशासन र प्रविधिका उस्तै मूल्यहरू समावेश छन्। म नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रोत्साहित गर्न उत्सुक छु, र यो यात्रामा एलआरआर मोटर्ससँग संलग्न हुन पाउँदा गर्वित छ,’ उनले भने ।
यस सहकार्य मार्फत एलआरआर मोटर्सले नेपालमा ड्राइभिङलाई पुनः परिभाषित गर्दै विमाननको सुरक्षा र विलाशितालाई ईभीको नवप्रवर्तनसँग मिसाएर दिगो, आकर्षक र भविष्यउन्मुख गतिशील समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ ।

