काठमाडौं । काठमाडौंको विष्णुमती करिडोर क्षेत्रमा पानी जमेर सवारी आवागमन प्रभावित भएको छ ।
मंगलबार दिउँसो परेको वर्षाका कारण काठमाडौं महानगरपालिका-१९ को टंकेश्वरी क्षेत्रको विष्णुमती कोरिडोरमा पानी जमेको हो ।
उक्त क्षेत्रको सडकमा पानी जम्दा सवारी संचालनमा अवरोध भएको छ । मोटरसाइकल, स्कुटर, कार लगायत साना सवारी चलाउन कठिन भएको छ ।
यस क्षेत्रमा पानीको निकास नहुँदा हरेक पटक वर्षा हुने बित्तिकै सडकमा पोखरी जम्ने र सवारी चलाउन कठिन हुने गर्छ ।

