बीएमडब्ल्यूको सबैभन्दा सस्तो बाइक G310R भारतमा उत्पादन सुरु, के नेपाल आउला ?

काठमाडौं । बीएमडब्ल्यू ‘जी ३१० आर’ बाइकले विश्व बजारमा निकै चर्चा कमाइरहेको छ । भारतीय मोटर कम्पनी टिभिएस र जर्मन कम्पनी बीएमडब्ल्यूको सहकार्यमा बनेको यो बाइक पहिलो बाइक हो । जसको कन्सेप्टलाई पहिलो पटक नोभेम्बर २०१५मा पेश गरिएको थियो । 

बीएमडब्ल्यूले भारतको चेन्नाई स्थित टिभिएसको होसुर बेस्ड प्लान्टमा यो मोटरसाइकलको उत्पादन सुरु गरिसकेको छ । भारतीय मिडिया रिपोर्टका अनुसार, यो बाइक सन् २०१८ को अन्तसम्ममा बजारमा आउने छ । 

भारतमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरिएको यो बाइक बीएमडब्ल्युको सबैभन्दा सस्तो वाइक हुने छ । 

डिजाइन 

बीएमडब्ल्यू G310Rको लम्बाई– १ हजार ९ सय ८८ मिलिमीटर र उचाइ– १ हजार २ सय २७ मिलिमिटर रहेको छ भने यसको ह्वीलबेस १ हजार ३ सय ७४ मिलिमिटर रहेको पाइन्छ । ११ लिटरको फ्यूल ट्यांक जडान गरिएको यो बाइकको सीटको उचाई ७ सय ८५ मिलिमीटर रहेको छ । 

फिचर

बीएमडब्ल्यू टिभिएस G310Rले सिंगल– स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गर्छ जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ । यसमा टेकोमिटर, स्पीडोमीटर, रेडलाइन सूचक, ओडोमिटर र ट्राभल मिटर जस्ता आवश्यक कुराहरुको जानकारी दिने उपकरण जडान भएका छन् । 

इन्जिन 

यो मोटरसाइकलमा ३ सय १३ सीसीको डिसप्लसमेन्ट, १–सिलिन्डर, वाटर–कूल्ड र फ्यूल इन्जेक्टेड इन्जिनको निर्माण गरि प्रयोग गरिएको छ । यसले ९ हजार ५ सय आरपीएममा ३३.६ ब्रेक होर्स पावर र ७ हजार ५ सय आरपीएममा २८ न्यूटन मिटर टर्क उत्पादन गर्छ । यो मोटरसाइकलमा प्रयोग गरिएको गियरबक्स ६–स्पिड म्यानुयल रहेको छ भने कम्पनीको अनुसार यसको टप स्पिड १ सय ५२ किलोमिटर प्रति घन्टा रहेको छ ।

माइलेज 

१ सय ५८.५ किलोग्रामको वजन रहेको यो बाइकले ३०.३ किलोमिटर प्रति लिटरको  माइलेज दिन्छ ।

सुरक्षा

यस नयाँ मोटरसाइकलले अगाडिको ब्रेकमा, ४–पिस्टन क्यालिपरको साथ ३ सय मिलिमिटरको सिंगल–डिस्क ब्रेकको प्रयोग गरेको छ । पछाडिको ब्रेकमा भने १–पिस्टन क्यालिपरको साथ २ सय ४० मिलिमिटरको सिंगल–डिस्क ब्रेकको प्रयोग गरेको छ ।  

कलर भेरिएन्ट 

यस बीएमडब्ल्यू G310R ३ भिन्न रंगहरुमा उपलब्ध हुने छ । स्ट्रेटो ब्लू मेटलिक, कज्मिक बल्याक र पर्ल ह्वाइट मेटलिकमा प्रस्तुत गरिएको छ । 

मूल्य

यो मोटरसाइकलको मूल्य भारतीय बजारमा करिब ४ लाख नेपाली रुपैयाँ हुने अनुमान गरिएको छ । यदि यो बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब ८ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान लगाउन सकिन्छ ।

टिभिएस कम्पनीको उपस्थिति नेपाली बजारमा रहेकाले यो बाइकले नेपाली बजारमा प्रबेश गर्ने अनुमान लगाउन सकिन्छ । 


Back_to_top