सरकारले स्मार्ट लाइसेन्स छाप्न नसकेको बेला मालिकाले ल्यायो यस्तो प्रिन्टर

काठमाडौं । मालिका इन्कर्पोरेट प्रालिले माइक्रो प्रोसर चिप जडित स्मार्ट कार्ड प्रिन्टर नेपाली बजारमा ल्याएको छ । यसबाट प्रिन्ट गरिएको स्मार्ट कार्डमा ब्यक्तिको सम्पूर्ण विवरण र औठा छापसमेत राख्न सकिने छ । 

कार्डको आयु लामोसमय रहोस् भनेर दुबै साइटमा लेमिनेटट प्रविधि दिइएको छ । यसले लाईसेन्स च्यातिने, बिग्रने वा खुइलिने हुँदैन । 

यसमा जडान भएको विशेष प्रविधिको सहयोगमा ट्राफिक प्रहरीले ठाँउका ठाँउ जरिवाना र कारवाही गर्न सक्ने छन् । 

पछिल्लो समय सुचना प्रविधिको प्रयोग बढ्दै गएको र हरेक क्षेत्रमा स्मार्ट काडको प्रयोग बढ्दै गएकाले मालिका इन्कर्पोरेट प्रालिले स्वाथ्य, शिक्षा, बैकिङ्ग, बीमा, यातायात र अन्य क्षत्रलाई मध्यनजर गर्दै स्मार्ट कार्ड प्रिन्ट सेवा सुरुवात गरेको हो ।


Back_to_top