काठमाडौं । हिरो मोटोकर्पले केही समय अगाडि बजारमा अटोमेटिक स्कुटर डुयट १२५ तथा मेस्ट्रो १२५ सार्वजनिक गरेको थियो ।
दुबै स्कुटरमा १२५ सीसी इन्जिन क्षमताको ४ स्ट्रोक इन्जिन दिइएको छ । कम्पनीले डुयट १२५ स्कुटर पहिलो पटक शोकेश गरेको हो । यो इन्जिनले ८.७ बिचपी पिक पावर तथा १०.२ न्युटन मिटरको टर्क उत्पादन गर्छ । ट्रान्समिसनको लागि सीवीटी युनिट दिएको छ ।
दुबै स्कुटरको प्रतिस्पर्धा होन्डा एक्टिवा १२५ तथा सुजुकी एक्सेस १२५ सँग हुने अनुमान गरिएको छ ।
स्टान्डर्ड फिचरमा यी दुबै स्कुटरमा कम्बी ब्रेकिङ प्रणाली रहेको छ । साथै अप्शनल डिस्क ब्रेकको अफर दिइएको छ ।
यी स्कुटरमा डाइमन्ड कट भएको ह्वील, एक्सटर्नल फ्युल फिल क्याप, रिमोट ओपनिङ्ग, मोबाइल चार्जिङ प्वाइन्ट जस्ता फिचर रहेका छन् ।
यी दुबै स्कुटर नेपाली बजारमा नेपाल जनरल मार्केटिङ्गले बिक्री वितरण गर्दै आइरहेको छ ।