सीएफमोटो २५० डुअलको बुकिङ खुला

काठमाडौं । सीएफमोटोको डबल पर्पस मोटरसाइकल २५० डुअलको बुकिङ खुला गरेको हो । कम्पनीले नेपालको विभिन्न स्थानमा परीक्षण सकाएर सार्वजनिक गर्ने तयारीमा रहेको डुअल २५० को बुकिङ खुला गरेको हो ।

सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ डबल पपर्स मोटरसाइकल २५० डुअल बिक्री थाल्ने तयारीमा छ ।

सीएफमोटो २५० डुअल मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ ।

मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी हुनेछ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ । टायर भने अनरोड र अफरोड दुबैका लागि उपयुक्त हुनेछ।

अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध डुअल २५० मा डबल च्यानल एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ ।

अहिले नेपालमा सीएफ मोटो ४५० एमटी निकै चर्चामा रहेको मोडल हो । कम्पनीले आफ्नो लाइनअप थप बलियो बनाउन २५० डुअल ल्याउन लागेको हो ।


Back_to_top