काठमाडौं । भारतीय बजारमा विद्युतीय कार (ईभी) बिक्री मा उछाल आएको छ । सन् २०२६ को फेब्रुअरीमा गत वर्षको सोही महिनाको तुलनामा ईभी बिक्री ४४ प्रतिशतले बढेको हो ।
सार्वजनिक तथ्यांक अनुसार फेब्रुअरीमा भारतमा कुल १३ हजार ६६९ युनिट ईभी कार बिक्री भएको छ । यो गत वर्ष जवनरीकोभन्दा ४ हजार १९० युनिट धेरै हो । गत फेब्रुअरीमा ९ हजार ४७९ युनिट ईभी बिक्री भएको थियो ।
भारतमा कुल १६ ब्राण्डका ईभी बिक्री भएका छन् । जसमा टाटाले सर्वाधिक ५ हजार ५५८ युनिट ईभी बेचेको छ । टाटाले गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढाएको हो । । टाटाका नेक्सन, टियागो, पंन्च, कर्भ, ह्यारियर ईभी उपलब्ध छन् । चाँडै सियरा ईभी ल्याउँदै छ ।
त्यस्तै, जेएसडब्लू एमजीले ३ हजार ३१० युनिट ईभी बेच्दै दोस्रो स्थानमा छ । एमजीको कोमेट, जेड एस र साइबरस्टर ईभी उपलब्ध छन् ।
त्यस्तै, तेस्रो धेरै ईभी बिक्री गर्नेमा महिन्द्रा रहेको छ । महिन्द्राले फेब्रुअरीमा २ हजार ९१३ युनिट ईभी बेचेको छ । महिन्द्राका बीई ६, एक्सईभी ९ ई, एक्सईभी ९ एस ईभी उपलब्ध छन् ।
त्यसैगरी, भिनफास्ट ३८४, बीवाइडी ३०६, हुन्डाई ३०४, किया ३९५, बीएमडब्लू २४५, मारुति सुजुकी २१४, मर्सिडिज बेन्ज ६५, टेस्ला २९, भोल्भो २५, स्टेलान्टिस १३, पोर्श्चे ३, रोल्स रोयस ३, र जेएलआर २ युनिट ईभी बिक्री भएको छ ।

