काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बजेट सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको नयाँ बजेटले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को सरकारले ल्याएको पहिलो बजेट हो ।
सरकारले आगामी आर्थिक वर्ष भित्रै गोरखकाली रबर उद्योग सहितका ७ उद्योगको ‘डीडीए’ गरेर पीपीपी मोडलमा संचालनमा ल्याउने अर्थमन्त्री डा. वाग्लेले बजेट मार्फत घोषणा गरेका छन् ।
नीतिगत सुधारलाई केन्द्रमा राखेर ल्याइएको बजेटमा करका दर र दायरा दुबै परिवर्तन भएका छन् । साथै, बजेटले नीजि क्षेत्रमा कन्फिडेन्ट भर्ने प्रयास गरेको बुझिन्छ ।
खुल्ला बजार अर्थतन्त्रमा विश्वास राख्ने अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको पहिलो बजेटको रुपमा प्रस्तुत भएको सरकारको एक वर्षे आय व्ययको प्लानमा धेरै नीतिगत सुधारका कुरा अटाएका छन् ।


