धमाधम बीएस ६ इन्जिनका गाडी नेपाल आउँदै, १८ लाखबाटै किन्न सकिने (मूल्यसूची सहित)

काठमाडौं । भारतले बीएस ६ मापदण्डलाई कार्यान्वयनमा ल्याएसँगै नेपालमा पनि भारतमा उत्पादन भएका बीएस ६ मापदण्डका गाडी आयात सुरु भइसकेको छ । अहिलेसम्म नेपालमा मारुती सुजुकी, किया र फोर्डले बीएस ६ मापदण्डको सवारीसाधन बिक्री सुरु गरेका छन् ।

मारुती सुजुकीको उत्पादन अल्टो, एर्टिगा, सियाज, एसक्रस, बलेनो, स्वीफ्ट, डिजायर, एसप्रेसो, वागेनआर लगायतका मोडल बीएस ६ मापदण्डको बिक्री गर्दै आएको छ । त्यस्तै कियाले सेल्टोस एसयूभी बीएस ६ मापदण्डको इन्जिनमा बिक्री गर्दै आएको छ ।

त्यसैगरि फोर्डले नेपालमा आफ्ना तीन मोडललाई बीएस ६ इन्जिनमा उपलब्ध गराएको छ । फोर्डको यकोस्पोर्ट, फिगो र फ्रिस्टाईल बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध रहेको छ ।

यी हुन् बीएस ६ मापदण्डका नेपालमा उपलब्ध गाडी र तीनको मूल्य ।


Back_to_top