काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले नेपालमा बीएस६ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले फसिनो १२५ बीएस ६ लक डाउन पश्चात नेपाली बजारमा सार्वजनिक गर्ने भएको हाे ।
कम्पनीले यो स्कुटर अघिल्लो महिना नै सार्वजनिक गर्ने तयारी गरेको थियो । कोरोना भाइसरका कारण राेकिएकाले याे स्कुटर किन्र चाहाने ग्राहकले अझै केहि सयम प्रतिक्षा गर्नु पर्ने छ ।
कम्पनीले पछिल्लो २ महिना फसिनो १२५ लाई नेपालको सबै प्रकारका सडकमा परिक्षण गरेरको थियो ।
कम्पनीले लक डाउन हुनु भन्दा अगाडी यो स्कुटर बुकिङसमेत लिएको थियो ।
यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।
१२५ सीसी फसिनो यसअघि ११० सीसी सेग्मेन्टमा बिक्री भइरहेको थियो । यामाहा फेसिनो स्कुटर अब नयाँ संस्करणमा आएको हो । ११० सीसी सेग्मेन्टमा रहेको यो स्कुटर नयाँ इन्जिनमा भारतीय बजारमा केही समय अगाडि सार्वजनिक भएको थियो ।
यामाहाले ११० सीसी सेग्मेन्टका आफ्ना स्कुटरको उत्पादन गरेर १२५ सीसीमा सार्वजनिक गरेको छ ।
नयाँ यामाहा फेसिनोमा १२५ सीसी सिगंल सिलिन्डर एयरकूल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८ बीएच पावर तथा ५ हजार आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको कुल तौल ९९ केजी रहेको छ ।

यसको लम्वाई १९२० एमएम, चौडाई ६८५ एमएम, उचाई ११५० एमएम र ह्वीलवेस १२८० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।
कम्पनीका अनुसार फेसिनो १२५ पहिला भन्दा ३० प्रतिशत बढी पावरफुल रहेको छ । यसका साथै पुरानो फेसिनो भन्दा १६ प्रतिशत फ्यूल इफिसेन्ट रहेको छ । कम्पनीका अनुसार यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।
रेट्रो थेम डिजाइनमा रहेको यामाहा फेसिनो १२५ मेटालीक कलर अप्सनले प्रिमियम देखिएको छ । यसमा सीबीएस ब्रेकिङ, स्यान्ड सेन्सर, मल्टि फङसन की, यूएसबी चाजिङ जस्ता फिचर यसमा उपलब्ध रहने छ ।


