धमाधम बीएस ६ कार ल्याउँदै कम्पनीहरु, वातावरण र ग्राहकलाई दिर्घकालीन फाइदा

काठमाडौं । भारतले बीएस ६ मापदण्ड पूर्ण कार्यान्वयनमा ल्याएसँगै नेपालमा पनि बीएस ६ मापदण्डका कारहरु आउन थालेका छन् ।

भारतमा अप्रिल १, २०२० बाट पूर्णत लागुभएको बीएस ६ मापदण्डका सवारी साधन कोरोना संक्रमणको कारण नेपालमा आउन सकेका थिएनन् । यद्यपी केही कम्पनीले यस्ता गाडी नेपाल ल्याएर बिक्री वितरण सुरु गरिसकेका थिए ।

बजारमा अहिले किया, फोर्ड जस्ता कम्पनीहरुले बीएस ६ मापदण्डका कार ल्याएर बिक्री सुरु गरिरहेका छन् । चाँडै नेपालमा सार्वजनिक हुन लागेको टाटा अल्ट्रोज, रेनो क्वीड फेसलिफ्ट, हुन्डाई अउरा, ग्राण्ड आई १० नियोस र नयाँ जेनेरेशन क्रेटा बीएस ६ इन्जिनमा नै आउने छन् ।

त्यस्तै, स्कोडाले नेपाल ल्याएको टिएसआई इन्जिन भएको र्यापीड, फक्सवागनले नेपाल ल्याउन लागेको नयाँ पोलो टिएसआई जस्ता मोडलहरु बीएस ६ इन्जिनको साथ नेपाल आउने छ ।

त्यसैगरि मारुती सुजुकीले आफ्ना अधिकांश उत्पादन बीएस ६ मापदण्डका इन्जिनमा बिक्री गर्दै आएको छ । उसले भिटारा ब्रेजा, स्वीफ्ट, डिजायर, बलेनो, अल्टो, वागेनआर, इको, सेलेरियो, एस-प्रेसो लगायतका मोडलहरु बीएस ६ मा नै बिक्री वितरण गर्दै आएको छ ।

प्रदुषण मापदण्डमा रहेको फरक

बीएस-४ र बीएस-६ मा भएको मुख्य फरक भनेको दुबै स्टाण्डर्डको इन्जिनबाट निस्कने धुवाँमा हुने केमीकलको मात्रा हो । सवारी साधनको इन्जिनमा पेट्रोलियम पदार्थ जलेपछि निस्कने केमिकलको हिस्सालाई बीएस-६ इन्जिनले धेरै मात्रामा घटाएको छ । त्यही कारण मानविय स्वास्थ्यमा प्रत्येक्ष रुपमा हानी पूर्याउने यस्ता तत्वहरु कमसेकम बातावरणमा फैलियोस् भन्ने उद्देश्यले नयाँ मापदण्ड लागु गरिएको हो । यसमा रहने परिमाण पेट्रोल इन्जिन र डिजल इन्जिनका लागि फरक फरक तय गरिएको छ ।

नयाँ प्रदुषण मापदण्डमा विषेशत ४ प्रकारको रसायनलाई मापन गरिएको छ । यसमा नाइट्रोजन अक्साइड, हाइड्रो कार्बन, पर्टीकुलर मटिरीयल र कार्बनडाइ अक्साइडको मात्रा प्रति किलोमिटर यात्रा गर्दा एउटा निश्चित सीमासम्म मात्र उत्सर्जन गर्न पाउने नियम बनाइएको छ ।

तलको टेबल हरौँ ।

माथिको टेबल अनुसार पेट्रोल इन्जिनको मापदण्डमा सामान्य फरक देखिएता पनि डिजलको मापदण्डमा रसायनिक पदार्थको मापदण्ड धेरै फरक गरिएको देखिन्छ । सवारीले फाल्ने धुवाँमा हुने सबभन्दा खतरनाक नाइट्रोजन अक्साइडलाई बीएस-४ पेट्रोल इन्जिनका लागि २० मिलिग्राम प्रति किलोमिटरबाट घटाइएको छ ।

डिजल इन्जिनमा बीएस-४ भन्दा बीएस ६ मा १७० मिलिग्रामले कम हुनु पर्ने छ । हाइड्रोकार्बन पेट्रोल इन्जिनमा बीएस-४ जस्तै राखिएको छ भने, डिजलमा ३०० मिलिग्रामबाट घटाएर १७० मिलिग्राम तोकिएको छ । पर्टिकुलर मेटिरीयलमा भने पहिला पेट्रोल इन्जिनमा कुनै मापदण्ड थिएन । तर, बीएस-६ मा प्रति किलोमिटर ४.५ मिलिग्रामसम्म मात्र हुनु पर्ने बनाएको छ । जुन डिजलमा २५ मिलिग्रामबाट घटाएर पेट्रोलको जस्तै ४.५ मिलिग्राममा सिमित गरिएको छ । कार्बनडाइ अक्साइडको सम्बन्धमा भने कुनै पनि परिवर्तन गरेको छैन ।

बीएस ४ बाट बीएस ६ मा अपग्रेड गर्दा पेट्रोल इन्जिनमा खासै ठूलो परिवर्तन भएको छैन । यस्तो परिवर्तन डिजेल इन्जिनमा धेरै रहेको छ । कम्पनीहरुले फिउल इन्जेक्सन र केही सेन्सरहरुको प्रयोगले पेट्रोल इन्जिलहरु सजिलै बीएस-६ स्टाण्डर्डमा उक्लेका छन् ।

इन्धनमा हुने फरक

इन्जिन मात्र बीएस-६ मापदण्डको हुँदैमा प्रदुषण कम हुने होइन । इन्जिनमा हालिने पेट्रोल डिजल पनि बीएस-६ मापदण्डको हुनु पर्छ । नेपालमा पनि अहिले पूर्णत बीएस ६ मापदण्डको पेट्रोलियम पदार्थ आयात हुन थालेको छ ।

बीएस-४ बाट बीएस-६ मापदण्डका इन्धन ल्याउँदा यसका मिश्रणमा केही फरक गरिएको छ । विषेशत इन्धनमा सल्फर र लीड मिसाइएको हुन्छ । बीएस ६ मापदण्डको इन्धनमा यस्ता रसायनहरुको मिसावट कम गरिएको छ ।

बीएस-४ डिजलमा सल्फरको मात्रा ५० पार्टिकुलर पर मिलियनबाट घटाएर १० बनाएको छ । त्यस्तै, पेट्रोलमा सल्फरको मात्रा डिजलमा जस्तै ५० बाट घटाएर १० बनाएको छ । पेट्रोलमा मिसावट हुने लिडको मात्रा पनि ०.००५ ग्राम प्रति लिटरबाट घटाएर ०.०००५ ग्राम प्रति लिटर कायम गरिएको छ ।


Back_to_top