काठमाडौं । ब्रिटीस मोटरसाइकल निर्माता कम्पनी बीएसएको पुनरागमन भएको छ । लामोसमय बन्द रहेको कम्पनीको स्वामित्व माहिन्द्रा ग्रुपले खरिद गरे पश्चात बीएसएको पुनरागम भएको हो ।
युकेमा एक कार्यक्रमकाबीच क्लासीक लेजेन्डले आफ्नो पहिलो मोटरसाइकल गोल्ड स्टार ६५० सार्वजनिक गरेको हो ।
कम्पनीले ६५० सीसी रेट्रो डिजाइन मोटरसाइकल सार्वजनिक गरेको हो यो मोटरसाइकलले रोयल इनफिल्ड ६५० ट्वीनसँग प्रतिस्पर्धा गर्नेछ ।
बीएसए गोल्डस्टार १९३८ र १९६३ को बीचमा विक्री भएको थियो । उक्त समयमा गोल्डस्टार ३५० सीसीदेखी ५०० सीसी क्षमतासम्म विक्री हुने गरेको थियो ।
२०१६ मा महिन्द्राले बीएसए, जावा र येज्दीको स्वामित्व खरिद गरेको हो । त्यस पश्चात कम्पनीले जावाको विक्री २०१८ देखी सुरु गरिसकेको छ भने येज्दीको विक्री सुरु गर्ने तयारी गरेको छ । त्यस्तै अब कम्पनीले बीएस मोटरसाइकलको विक्री सुरु गर्ने तयारी थालेको हो । कम्पनीले यसको पहिलो विक्री युरोपबाट सुरु गर्ने जनाएको छ ।
कम्पनीले अहिले बीएसए गोल्डस्टार ६५० मात्र सार्वजनिक गरेको छ । यसमा ६५२ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, फोरभल्भ, डिओएचसी, इन्जिन रहेको छ । यो इन्जिनले ५५ एनएम टर्क ४००० आरपीएममा र ४५ बीएच पावर ६००० आरपीएममा जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।
यसको फ्रन्टमा ४१ एमएम टेलीस्कोपीक सस्पेन्सन र रियरमा ट्वीन सक एव्जर्वका साथ ५ स्टेप एड्जष्टएवल प्री लोड सस्पेन्सन रहेको छ ।
यसको दुवै तर्फ १७ इन्चको स्पोक ह्वील रहेको छ भने यसको दुवै तर्फ डिस्क ब्रेकका साथ डबल च्यानल एबीएस फिचर दिइएको छ ।
यसमा इन्टिग्रेटेड एलइडी हेडल्याम्पलाई क्लासीक डिजानमा दिइएको छ भने एलइडी टेलल्याम्प, वाइड ह्यान्डलवार, वाइड फेन्डर, पिरेली टायर जस्ता फिचर दिइएको छ ।
बीएसएको उत्पादन युके वर्मिघममा हुनेछ भने भारतमा क्लासीक लेजेन्डको प्लान्टमा यसको उत्पादन हुनेछ । यस अघि नै भारतमासमेत बीएसए स्टागोल्ड ६५० परिक्षणको क्रममा देखीएको छ ।

