काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले काठमाडौंबाट भारतको कलकत्ता उडान गर्ने भएको छ ।
बुद्धले आगामी कात्तिक २ गते (अक्टोबर १९)देखि काठमाडौं-कलकत्ता पुनः उडान गर्न लागेको हो ।
बुद्धले ६ वर्षपछि पुनः कलकत्ता नियमित उडान गर्न लागेको हो। बुद्धले यसअघि २०७६ वैशाख २ बाट कलकत्ता उडान सुरू गरेको थियो। तर, कोभिडका कारण उडान स्थगन भएको थियो।
बुद्धले कलकत्ता एटीआर ७२ जहाजमार्फत उडान गर्नेछ । बुद्ध एयरलाइन्सका अनुसार काठमाडौं–कलकत्ता साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार उडान हुनेछ ।
काठमाडौंबाट बिहान ७ बजे र कलकत्ताबाट स्थानीय समय ९:२० बजे उडान हुने एयरलाइन्सले जनाएको छ । यस रूटको उडान अवधि करिब १ घण्टा ३५ मिनेटको हुनेछ।
बुद्धले काठमाडौं-कलकत्ताको एकतर्फी भाडादर १३ हजार ३५३ रुपैयाँ तोकेको छ ।


