काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै सवारी साधनको अन्तःशुल्क बढाएको जनाएका छन् ।
अर्थमन्त्रीले अन्तःशुल्क बढाएको जनाएसँगै सवारीसाधनको मूल्य बढ्ने भएको हो । आर्थिक ऐन सार्वजनिक भएपछि मात्रै कुन सेग्मेन्टमा कति अन्तःशुल्क बढेको छ भन्ने एकिन गर्न सकिन्छ ।
अबको केही बेरमा नै आर्थिक ऐन सार्वजनिक हुनेछ ।


